• गृहपृष्ठ
  • प्रहरी प्रभाग मंगलबजारको अस्थायी भवन निर्माण सम्पन्न

प्रहरी प्रभाग मंगलबजारको अस्थायी भवन निर्माण सम्पन्न

Jun 23rd, 2023

काठमाडौं, असार ८

प्रहरी प्रभाग मंगलबजारको अस्थायी भवन निर्माण सम्पन्न भएको छ । नवनिर्मित अस्थायी भवनको  बिहीबार ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले उद्घाटन गरे । वि.सं.२०७२ सालको भूकम्पमा परेर प्रभागको भवन भत्किएपछि टेन्टबाट प्रहरी प्रभाग मंगलबजारले त्यस क्षेत्रमा सुरक्षा सेवा प्रदान गरिरहेको थियो । 

ललितपुर महानगरकाको वडा नं. ६, ७, ८, ९, ११, १२, १६, १७ र १९को आर्थिक सहयोगमा यो अस्थायी भवन निर्माण भएको हो । नगर प्रमुख चिरीबाबु महर्जनले यो अस्थायी भवन जनप्रतिनिधि र प्रहरीबीचको सहकार्यको उच्चतम नमूना भएको बताए ।