हवाई इन्धनको मूल्य घट्यो

Jun 20th, 2023

काठमाडौं, असार ५

नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएको छ ।

निगमले आन्तरिकतर्फको हवाई इन्धनमा साबिकको बिक्री मूल्यमा प्रति लिटर १० रुपैयाँ घटाएर १५० रुपैयाँ प्रतिलिटर कायम गरेको छ ।

अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनमा साबिकको बिक्री मूल्यमा प्रति किलोलिटर २ सय अमेरिकी डलर (करिब २६ रुपैयाँ प्रति लिटर) ले घटाएको छ ।

मूल्य समायोजन पश्चात् भारतको कोलकाताको हवाई इन्धन (आन्तरिकतर्फ) को बिक्री मूल्यको तुलनामा काठमाडौँमा बिक्री गरिने मूल्य प्रति लिटर ३.६९ रुपैयाँले सस्तो रहेको निगमले जनाएको छ ।