• गृहपृष्ठ
  • राष्ट्रपति रामचन्द्र पौडेलको मुटुमा पेसमेकर

राष्ट्रपति रामचन्द्र पौडेलको मुटुमा पेसमेकर

Jun 20th, 2023

काठमाडौं ५ असार

राष्ट्रपति रामचन्द्र पौडेलको मुटुको चाल कम भएपछि मुटुमा शल्यक्रिया गरेर पेसमेकर राखिएको छ । महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा राष्ट्रपति पौडेलको मुटुमा पेसमेकर राखिएको हो ।

सेन्टरका कार्यकारी निर्देशक प्रा.डा. रत्नमणि गजुरेलले मंगलबार दिउँसो एक विज्ञप्ति जारी गरी राष्ट्रपति पौडेललाई ७२ घन्टा नियमित निगरानीमा राख्दा पनि मुटुको चाल बेला बखतमा कम हुने देखिएपछि प्रेसमेकर राखिएको जानकारी दिए ।

राष्ट्रपति पौडेललाई गत शनिबार बिहान चक्कर लागेपछि अस्पताल पुर्‍याइएको थियो । मंगलबार दिउँसो उनको मुटुको शल्यक्रिया भएको हो । पेसमेकर छाती वा पेटमा प्रत्यारोपण गरेर राखिन्छ ।