पर्खी बस है म……………………

Jun 19th, 2023

पर्खी बस है म आउने छु
एक छिन पछि मैले उनलाई भेट्ने छु
अँध्यारो रात हराउँछ दिनको सुरुवात भएपछि
मनबाट आशा गर भेट भएपछि
 
पाइला जब चल्छ पुग्ने छु आशा छ
वसन्त ऋतुमा प्रकृति सुन्दर देखिन्छ
आशाहरू मार्नु हुन्न पुरा हुन सक्छन्
आएर बस है सबै कुरा थाहा पाउन
 
तिमि सँग जीवन जिउन सजिलो छ
खुसी मन भएपछि  हाँस्न मन लाग्छ
आफ्नो भन्ने तिमि हौ समीपमा आउँ
सत्य कुरा सत्य नै हुन्छ बहाना नबनाऊ

नाम -गोबिन्द राज ओझा (राजन)
ठेगाना-दिपायल सिलगढी न.पा.२ दिपायल डोटी