दादुुरा १७ जिल्लामा फैलियो

Jun 19th, 2023

काठमाडौं असार ४

काठमाडौंसहित देशका १७ जिल्लामा दादुरा संक्रमण फैलिएको छ । स्वास्थ्य  खोप शाखाको तथ्यांकअनुसार आइतबारसम्म १७ जिल्लाका एक हजार २१ जनामा दादुरा संक्रमण पुष्टि भएको छ ।

महाशाखाका अनुसार काठमाडौं, अर्घाखाँची, बाजुरा, बाँके, बर्दिया, चितवन, दाङ, धनुषा, कैलाली, कञ्चनपुर, कपिलवस्तु, महोत्तरी, मोरङ, सर्लाही, सुनसरी, सुर्खेत र कालीकोटमा संक्रमण फैलिएको हो । संक्रमित हुनेमा नवजात शिशुदेखि ३७ वर्षसम्मका व्यक्ति छन् ।

सरकारले दादुराविरुद्धको खोपलाई नियमित खोप कार्यक्रममा राखेको छ । जन्मिएको नौ महिना र १५ महिनामा गरी दुईपटक यो खोप लगाउनुपर्छ । एकजना संक्रमितले १८ जनासम्मलाई सार्न सक्ने भएकाले खोप लगाउनु नै दादुराबाट बच्ने प्रमुख उपाय हो ।