नागरिक लगानी कोष र खल्तीबीच सम्झौता

Jun 19th, 2023

काठमाडौं, असार ४

नागरिक लगानी कोष र खल्ती प्रा.लि बीच नागरिक लगानी कोषबाट सञ्चालन गरिएको योगदानमा आधारित नागरिक पेन्सन कोष योजनामा योगदान रकम संकलनको गर्ने सम्बन्धमा सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा आइतबार कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र खल्तीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विनय खड्काले हस्ताक्षण गरेका हुन् । सम्झौताले कोषबाट सञ्चालित नागरिक पेन्सन कोष योजनामा स्वदेश तथा विदेशमा रहने स्वरोजगार नेपाली नागरिकहरुलाई आवद्धता गराइ रकम संकलन गर्न सहयोग पु¥याउने छ ।

यो सँगै आर्थिक वर्ष २०८०/८१ को बजेटमा नागरिक पेन्सन कोष योजना सञ्चालन गर्ने उल्लेख भएकोले उक्त सम्झौताले यस कार्यक्रममा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ ।