• गृहपृष्ठ
  • नेपालमा पहिलाे पटक मङ्कीपक्स सङ्क्रमण पुष्टि

नेपालमा पहिलाे पटक मङ्कीपक्स सङ्क्रमण पुष्टि

Jun 18th, 2023

काठमाडाैं, असार ३

नेपालमा पहिलो पटक ‘एमपक्स’ अर्थात् मङ्कीपक्सको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विज्ञप्ति निकालेर एक जनामा मङ्कीपक्सको लक्षण देखिएर परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएको जानकारी दिएको हो ।

नमुना सङ्कलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गर्दा यो रोगको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा पहिलो पटक भेटिएको यो सङ्क्रमण अहिलेसम्म एक सय ११ देशमा पुष्टि भइसकेको छ ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले विदेशी नागरिकमा मङ्कीपक्स देखिएको बताए । सङ्क्रमण पुष्टि भएका विदेशी नागरिक काठमाण्डाैकाे एक अस्पतालमा डाक्टरकाे निगरानीमा उपचार गराइरहेका छन् ।