तिमिलाई हेरेपछि मनले………

Jun 16th, 2023

तिमिलाई हेरेपछि मनले के के सोच्छ
मनका भएका कुराहरू सबै भनिन्छ
एक क्षण भेट नहुँदा पनि किन मन दुख्छ
तिमिलाई बोलाई रहु यो मनले भन्छ
 
तिम्रो मायाले नै हो कहिले नछुटिने
आँखाले किन हो किन कुराकानी गर्ने
मेरो कुरा बुझेपछि मायामा कसियौ झन् झन्
तिमि नै सबै थोक हौ मेरो तिमिलाई भेटूँ भन्छ मन
 
अरू केही चाहिँदैन तिम्रो माया पाएपछि
झुपडी पनि महल हुन्छ तिम्रा पाइला परेपछि
मेरो विश्वास केवल तिमिलाई नै छ
यो समय मेरो मन तिमि तिरै छ
 
तिमिलाई हेरेपछि मनले के के सोच्छ
मनका भएका कुराहरू सबै भनिन्छ

नाम -गोबिन्द राज ओझा (राजन)

ठेगाना-दिपायल सिलगढी न.पा.२ दिपायल डोटी