• गृहपृष्ठ
  • हिसानले सञ्चालन गरेको शैक्षिक मेला काठमाडौं महानगरपालिकाद्वारा बन्द

हिसानले सञ्चालन गरेको शैक्षिक मेला काठमाडौं महानगरपालिकाद्वारा बन्द

Jun 15th, 2023

काठमाडौ ३२ जेठ

काठमाडौं महानगरपालिकाले भृकुटीमण्डपमा आजदेखि सुरू भएको शैक्षिक मेला बन्द गराएको छ।

एसइई र प्लस टु को रिजल्ट प्रकाशन हुनुअगाडि नै शैक्षिक मेलाको नाउँमा विद्यालयहरूले शुल्क र भर्नाका लागि नाम टिपाउने गरेकाले बिहीबारका लागि मेला बन्द गराइएको महानगरले जनाएको छ ।

प्रक्रिया पूरा नगरी उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान)ले मेला सञ्चालन गरेको भन्दै महानगरले मेलामा राखिएका स्टलहरु हटाएको बताइएको छ । भृकुटीमण्डपमा शैक्षिक मेला हुँदैछ भनेर महानगरले बिहीबार बिहान मात्रै जानकारी पाएको थियो।

बिहीबारदेखि नै सुरू भएको चार दिने शैक्षिक मेलाको उद्घाटन सभामुख देवराज घिमिरे र कलाकार मदनकृष्ण श्रेष्ठले गरेका थिए।