हिँड्दै थिए  दिउसो तिर…………

Jun 14th, 2023

हिँड्दै थिए  दिउसो तिर भेट गरे उनी सँग 
मिठो हाँसोमा मन भुलाए मैले  उनी सँग    
खेतबारी तिर सबैतिर हेर्न लागेको छु
अँध्यारोमा उज्यालो बाली हेरेको छु    
 
मनले भन्छु मैले उनी सँग जिस्किएर बस्नु छ
बन पाखामा फुल्ने फुलहरू सँग  रमाउनु छ
मन भित्रबाट  पिरतीलाई जोगाउनु छ
अब मन कि मायालुलाई खोज्दै हिँड्नु छ
 
उनी सँग साइनो गाँसी बसेको छु मन भुलाई
हासेको छु सधैँ मनका पिडाहरू भुलाई
पूर्णिमाको जुनको उज्यालोमा बसेर हेर्ने गर्छु
मन भुलाउन भनी नयाँ खेल खेल्ने गर्छु
 
मेरो खेतको बाटो बग्छ नदी सधैँको साथी बनी
सधैँ भरी देख्न पाउ मायालुको साथमा रही
प्रभातको समयमा देखे मैले उनलाई
यो समयमा बोलाएको छु मेरी उनिलाई 
 
नजिक आएर केही कुरा भन्न थालिन उनी
लेखेका पानाहरू पल्टाउँदै गइन उनी
सबैको मनमा बसेकी सबैको भलो हुने काम गर्छिन्
खुसी  थियो मन  उनको भेट्दा हाँसी रहन्छिन्

नाम -गोबिन्द राज ओझा (राजन)
ठेगाना-दिपायल सिलगढी न.पा.२ दिपायल डोटी