• गृहपृष्ठ
  • ज्योति क्यापिटलको संचालकमा अविनास उप्रेती नियुक्त

ज्योति क्यापिटलको संचालकमा अविनास उप्रेती नियुक्त

Jun 13th, 2023

काठमाडौं, जेठ ३०

ज्योति क्यापिटल लिमिटेडको जेठ २९ गते सोमवार कम्पनीका अध्यक्ष कपिल ढकालको अध्यक्षतामा सम्पन्न सञ्चालक समितिको ३० औ बैठकले उक्त कम्पनीको रिक्त रहेको सञ्चालक पदमा अविनास उप्रेतीज्यूलाई नियुक्त गरेको छ । वहाँ ज्योति विकास बैंक बाहेकका अन्य संस्थापक शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने गरी नियुक्त हुनुभएको हो ।

स्नातकोत्तर तह (एमविए) को शैक्षिक योग्यता भई कर्जा विश्लेषकको अनुभव बोकेका श्री अविनास उप्रेती २०८०/०२/२९ देखि लागु हुनेगरी यस ज्योति क्यापिटलको सञ्चालकमा चयन हुनुभएको हो । नव–नियुक्त सञ्चालक श्री अविनास उप्रेतीको कुशल व्यवस्थापकीय क्षमताले आगामी दिनमा यस क्यापिटलको व्यवसाय विस्तार एवं क्यापिटलबाट प्रदान गरिने सेवालाई सर्वोत्कृष्ट बनाउन उल्लेख्य योगदान हुनेछ भन्नेमा यस क्यापिटल विश्वस्त रहेको छ ।

ज्योति विकास बैंकको सहायक कम्पनीका रूपमा रहेका यस क्यापिटलको चुक्ता पूँजी २१ करोड रहेको छ । यस क्यापिटलले हालसम्म नेपाल सरकारलाई रु ३६ लाख ७५ हजार कर दाखिला गरिसकेको छ । हरेक ग्राहकहरुको सम्पन्नताको सहयात्री बन्ने उद्देश्य वोकेको यस क्यापिटलले नेपाल धितोपत्र बोर्डमा मर्चेन्ट बैंकिङ्ग कार्य गर्न अनुमतिको लागि आवेदन गरी धितोपत्र बोर्डबाट पूर्वाधार तयार गर्ने पत्र प्राप्त गरी लगानी व्यवस्थापन, संस्थागत परामर्श लगायतका सेवा प्रदान गर्ने गरी पूर्ण संचालनमा आउने क्रममा रहेको छ ।