सहकारी अध्यक्ष सोनाम लामा पक्राउ

Jun 13th, 2023

भक्तपुर,३० जेठ

भक्तपुरको सूर्य विनायकमा कार्यालय रहेको ग्रामिण उत्थान बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष सोनाम लामा पक्राउ परेका छन् । सो संस्थाका अध्यक्ष सोनाम लामा लामो समय देखि सहकारी नआई बचत कर्तालाई ढाट्दै आएका थिए । आज बचतकर्ताले नाटकीय शैलीले समाती जगाती प्रहरी प्रभागको जिम्मा लगाएका थिए । सो सहकारीले लामो समय देखि भाका पुगेका मुद्दती बचतकर्ताको करोडौं रकम साँवा र व्याज फिर्ता दिन नसकी फरार भएको मुद्दती बचतकर्ता पिडित २४ लाख बचतकर्ता रत्न राज सिल्पकारले आधारभूमि लाई जानकारी गराए ।

त्यस्तै, सूर्य विनायक नगरपालिका सहकारी शाखाले सुभ बचत तथा ऋण सहकारी संस्था लि.को करोडौं बचतकर्ता पिडितहरुको तीन महिना साँवा र ब्याज फिर्ता गर्ने सहमती गराएको सहकारी शाखा प्रमुख राजेनद्र श्रेष्ठले बताए ।