• गृहपृष्ठ
  • भेटायोले ७० लाखमा साढे दुई तले घर बनाइदिने

भेटायोले ७० लाखमा साढे दुई तले घर बनाइदिने

Jun 12th, 2023

काठमाडाैं, जेठ २९

घरायसी काममा आधारित सेवा प्रदायक कम्पनी भेटायोले आफ्नो सेवामा भवन निर्माणको काम सुरुवात गरेको घोषणा गरेको छ ।

दक्ष प्रविधिकहरु र प्रविधिको प्रयोग गरी भेटायोले संरचनात्मक डिजाइनदेखि सम्पूर्ण निर्माण तथा सरसफाईसम्मको काम गर्ने जनाएको छ । भेटायोले ७० लाखमा भवन निर्माण गर्ने जनाएको छ ।

जसका विशेषता यस्ता छन् :

(१) कुल निर्माण क्षेत्रः २००० वर्ग फुट
(२) साइट सर्वेक्षण, डिजाइन, संरचनात्मक विश्लेषण, लागत अनुमान, परियोजना सुपरिवेक्षण र हस्तान्तरण
(३) सामग्री प्रकारः आरसिसि, स्टील्स, हाइब्रिड (नवीनतम प्रविधि)
४ घर पेन्ट
५ ग्रेनाइट र टाइल भान्छा र बाथरूम

भेटायोलाई किन रोज्ने ?

– एकीकृत डिजाइन–निर्माण दृष्टिकोण
– उन्नत योजना व्यवस्थापन
– दिगोपन
– प्राविधिक विकास

भेटायोको निर्माण सेवाहरू काठमाडौं उपत्यकाभित्रका ग्राहकहरूकालागि उपलब्ध हुने जनाएको छ ।