• गृहपृष्ठ
  • ललितपुरकाे गाेदवरीमा “महिला उद्यम र हाेम स्टे(घर बास)” तालिम

ललितपुरकाे गाेदवरीमा “महिला उद्यम र हाेम स्टे(घर बास)” तालिम

Jun 9th, 2023

ललितपुर, जेठ २६

ललितपुर जिल्लाकाे पर्यटकीय गन्तव्य गाेदवरीमा “महिला उद्यम र हाेम स्टे(घर बास)” तालिम सुरू भएको छ । गाेदावरीकाे ऐतिहासिक, पर्यटन क्षेत्रको विकास, कला सँस्कृतिको जगेर्ना साथै महिला मार्फत राेजगारी सृजना गर्दै आर्थिक समृद्धि गर्ने उद्देश्यले गाेदावरी नगरपालिका ३ काे सहयाेगमा गाेदावरी सराेकारद्वारा आयाेजित “महिला उद्यम तथा हाेम स्टे”तालिम वडा कार्यलयकाे हलमा एक कार्यक्रमबिच समुदघाटन गरि तालिम सुरु गरिएको हाे।

तालिमको उद्‍घाटन गर्दै वडाध्यक्ष सानुराजा घिमिरेले आफ्नाे वडालाई देशकै उत्कृष्ट नमुना पर्यटकीय वडा बनाउने उदेश्य अनुरूप पाैडाेल निवासी तामाङ महिलाहरूका लागि महिला उद्यम तथा हाेम स्टे तालिम सुरु गरिएको बताए । स्थानीय उत्पादनकाे बजारिकरणसंगैसंगै स्थानीय स्तरमै विशेषगरी महिलाहरूका लागि राेजगारी सृजना गर्न तालिमले सघाउ पुग्ने उनकाे भनाइ छ । गाेदावरीको मौलिक खाना, तामाङकाे सत्कार र घुम्नका लागि सम्पदा क्षेत्र पर्यटकका लागि आकर्षण हुने वडाध्यक्ष घिमिरे बताउँछन् ।

साथै, विभिन्न चुनाैतिका बावजुत पनि आफ्नाे वडाले नेपालकाे कुनै पनि वडाले नगरेकाे कार्य गर्न सफल भएको वडाध्यक्ष घिमिरेकाे दाबी छ । घरबास पर्यटनले महिलाहरुको आर्थिक विकास र आत्मसम्मान बढाउन सघाउने बताउँदै वडाध्यक्ष घिमिरेले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन हाेम स्टे राम्रो माध्यम हुने भएकाेले हाेम स्टे संचालनका लागि वडाबाट स्थानीय व्यक्तिका लागि विशेष सहयोग र साथ सहित आफुहरुले हरपल सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

११ जना सहभागीता रहेकाे तालिममा हाेम स्टे संचालनकाे प्रकृया, अतिथि सत्कार,स्थानीय परिकारहरूकाे निर्माण, स्थानीय पर्यटकीय स्थलहरूकाे प्रबर्द्धन तथा साँस्कृतिक गतिविधिहरूका बारेमा तालिम दिईने प्रशिक्षक डाक्टर आनन्द घिमिरेले बताए । यसैगरी, महिला उद्यम सम्बन्धि प्रशिक्षण भने शान्ता शाक्यले दिएकी थिईन् । यसैगरी, तालिममा प्रशिक्षार्थीहरूका लागि अवलोकन भ्रमण स्वरूप बन्दिपुर जाने कार्यक्रम रहेकाे र त्यसपश्चात हाेम स्टे सञ्चालकहरूसग अन्तर्कृया कार्यक्रम रहेकाे छ ।

साथै, गाेदावरीमा नै सैद्धान्तिक र प्रयोगात्मक कक्षाहरु सञ्चालन हुने तालिम संयोजक एवं गाेदावरी सराेकारकी अध्यक्ष बेवी राजभण्डारीले जानकारी दिए।