• गृहपृष्ठ
  • समाचार प्रभावः डोकाथली कृषि सहकारीले जग्गा बेचेर फिर्ता गर्यो बचत

समाचार प्रभावः डोकाथली कृषि सहकारीले जग्गा बेचेर फिर्ता गर्यो बचत

Jun 8th, 2023

भक्तपुर २५ जेठ

समस्याग्रस्त सहकारीका रुपमा आफ्नो संस्था परेपछि भक्तपुरस्थित डोकाथली कृषि सहकारी संस्थाले बचतकर्ताको रकम फिर्ता गर्न थालेको छ । हालसम्म सो सहकारीले ८० जना बचतकर्ताको बचत फिर्ता गरेको जनाएको छ ।

सो संस्थाका अनुसार ३ रोपनी जग्गा बेचेर बचतकर्ताको २५ लाख फिर्ता गरेको हो । बचतकर्ताको रकम हिनामिना गरेर समस्याग्रस्त बनेको सो सहकारकिा बारेमा आधारमूमि डट कममा समाचार प्रकाशित भएपछि बचतकर्ताको रकम फिर्ता गर्न थालेको हो ।