• गृहपृष्ठ
  • मेडिसिटी अस्पतालमा साढे दुई करोड रुपैयाँ ठगी, अस्पतालकै ३ कर्मचारी पक्राउ

मेडिसिटी अस्पतालमा साढे दुई करोड रुपैयाँ ठगी, अस्पतालकै ३ कर्मचारी पक्राउ

Jun 7th, 2023

काठमाडौं २४ जेठ

ललितपुरको नेपाल मेडिसिटी हस्पिटलको साढे दुई करोड रुपैयाँभन्दा बढी रकम अस्पतालकै कर्मचारीबाट ठगी भएको छ । अस्पतालको बिलिङ शाखाका ३ कर्मचारीको मिलेमतोमा अस्पतालकै यो रकम ठगी भएको जिल्ला प्रहरी परिसर ललितपुरे जनाएको छ ।

जिल्ला प्रहरी परिसर ललितपुरले उनीहरुले अस्पतालमा प्रयोग हुँदै आएको शुक्र नामको एचएमआइएस सफ्टवेयरको दुरुपयोग गरी दुई करोड ६३ लाख ५५ हजार १ रुपैयाँ ठगी गरेको पाइएको प्रहरीले जनाएको छ।

प्रहरीले उनीहरुलाई पक्राउ गरिसकेको छ । पक्राउ पर्नेमा दोलखा भिमेश्वर नगरपालिका ४ घर भई भक्तपुर ठिमी बस्ने ३४ वर्षीय राघव सापकोटा, ललितपुरको गोदावरी नगरपालिका ११ चापागाउँ बस्ने २९ वर्षीय सनम देशार र काठमाडौं ४ बालुवाटार बस्ने ३४ वर्षीय आशिष अर्याल छन् ।