• गृहपृष्ठ
  • नेशनल हार्ट फाउण्डेसनद्वारा त्रिपिङ्गेश्वर सामाजिक संस्थालाई एम्बुलेन्स सहयोग

नेशनल हार्ट फाउण्डेसनद्वारा त्रिपिङ्गेश्वर सामाजिक संस्थालाई एम्बुलेन्स सहयोग

Jun 7th, 2023

काठमाडौं, जेठ २४

नेशनल हार्ट फाउण्डेसनले ललितपुरको महालक्ष्मी नगरपालिकाको त्रिपिङ्गेश्वर सामाजिक संस्थालाई एम्बुलेन्स सहयोग गरेको छ । सोमबार त्रिपिङ्गेश्वर महादेव मन्दिरको शिलान्यासको अवसरमा फाउण्डेसनले त्रिपिंगेश्वर सामाजिक संस्थाका अध्यक्ष हिराबहादर पौडेललाई हस्तान्तरण गरेको हो ।

त्रिपिङ्गेश्वर सामाजिक संस्थालाई एम्बुलेन्सको आवश्यकता देखिएकाले सहयोग गरिएको फाउण्डेसनका अध्यक्ष डा. शिजवी सिलवालले बताए । संस्थाले उक्त एम्बुलेन्स महालक्ष्मी नगरपालिकाको वडा नं. ९ लाई प्राथमिकतामा राख्दै आवश्यकताका आधारमा नगरपालिकाभरि चलाउने उनले बताए ।

एम्बुलेन्स हस्तान्तरण कार्यक्रमा महालक्ष्मी नगरपालिकाका मेयर हरि गोविन्द श्रेष्ठ र उपप्रमुख लक्ष्मी महर्जन लगायतको समेत उपस्थिति रहेको थियो ।