• गृहपृष्ठ
  • यी हुन् छात्रवृति प्रदान नगर्ने संस्थागत विद्यालय, तोकिएको समयमा वितरण नगरे कारबाहीको चेतावनी

यी हुन् छात्रवृति प्रदान नगर्ने संस्थागत विद्यालय, तोकिएको समयमा वितरण नगरे कारबाहीको चेतावनी

Jun 6th, 2023

काठमाडौं २३ जेठ

काठमाडौं महानगरपालिकाले छात्रवृत्ति वितरण नगर्ने ३४२ संस्थागत विद्यालयहरुलाई ती विद्यालयलाई यही जेठ २८ गतेभित्र नियमानुसार छात्रवृत्ति वितरण गरी सोको विवरण पेस गर्न निर्देशन दिएको छ ।

तोकिएको समयमा वितरण नगरेमा विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द वा हदैसम्मको कारबाही गरिने चेतावनी दिएको छ ।

महानगरपालिकाले छात्रवृत्ति वितरण नगर्ने ३४२ संस्थागत विद्यालयको सूची समेत सार्वजनिक गरेको छ। महानगरले यसअघि परिपत्र र सूचना प्रकाशित गर्दै यही जेठ १५ गतेभित्र छात्रवृत्ति वितरण गरी सोको जानकारी गराउन भनेको थियो ।

उक्त सूचनाका आधारमा छात्रवृत्ति वितरण गरी सोको विवरण पेस गर्ने विद्यालयलाई महानगरको शिक्षा विभागले धन्यवाद ज्ञापन गरेको छ । हालसम्म छात्रवृत्ति वितरणको विवरण पेस नगर्ने विद्यालयको भने मंगलबार सूची सार्वजनिक गरिएको हो ।