• गृहपृष्ठ
  • हिमालयन एभरेष्ट इन्स्याेरेन्सको बोनस सेयर नेप्सेमा सूचीकृत

हिमालयन एभरेष्ट इन्स्याेरेन्सको बोनस सेयर नेप्सेमा सूचीकृत

Jun 5th, 2023

काठमाडौ २२ जेठ

हिमालयन एभरेष्ट इन्स्याेरेन्स लिमिटेडको ६ लाख १५ हजार ९८३ कित्ता बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ ।

गत वर्षको नाफाबाट वितरण गरेको २.७५ प्रतिशत बोनस सेयरयस इन्स्याेरेन्सले सूचीकरण गरेको नेप्सेले जनाएको छ । उक्त सेयर डिम्याट खाता जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।