• गृहपृष्ठ
  • गौर नरसंहारको १६ वर्षपछि सर्वोच्च अदालतमा सुनवाइ शुरू

गौर नरसंहारको १६ वर्षपछि सर्वोच्च अदालतमा सुनवाइ शुरू

Jun 5th, 2023

काठमाडौं २२ जेठ

रौतहटको गौर नरसंहारको १६ वर्षपछि आज सर्वोच्च अदालतमा सुनवाइ शुरू भएको छ ।
सो नरसंहारको दोषीमाथि छानबिन गरी कारबाही हुनुपर्ने मागसहित हिजो आइतबार रिट दर्ता भएको थियो ।

जिल्ला प्रहरी कार्यालय रौटहटमा जाहेरी दिँदासमेत छानबिन नभएपछि पीडितका परिवार तथा आफन्तले हिजो सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालयलगायतलाई विपक्षी बनाएर दायर रिटमा आज देखी सुनवाइ हुन लागेको हो ।

सो घटनामा सग्लन भएको भन्दै तत्कालीन फोरम अध्यक्ष उपेन्द्र यादवमाथि कारबाही हुनुपर्ने माग राख्दै दिएको निवेदन जिल्ला प्रहरी कार्यालय, रौतहटले सम्बोधन नगरेपछि सो घटनाका पीडित तथा आफान्तहरू सर्वोच्च अदालत पुगेका हुन् ।

शान्ति प्रक्रियामाा आएको तत्काकालीन नेकपा माओवादी र तत्कालीन मधेसी जनअधिकार फोरमले गौरस्थित राइस मिल चौरमा एकैपटक कार्यक्रमको आयोजना गरेपछि भएको झडपमा २७ जनाको मृत्यु भएको थियो ।