• गृहपृष्ठ
  • हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल लिमिटेड नियुक्त

हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल लिमिटेड नियुक्त

Jun 1st, 2023

काठमाडौं, जेठ १८
हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले शेयर रजिष्ट्रार सम्बन्धी सेवाका लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर रजिष्टार नियुक्त गरेको छ । सो नियुक्ति सम्बन्धी सम्झौता मिति २०८० साल जेष्ठ १७ गते बुधबार सम्पन्न भयो ।

सम्झौतामा हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री मनोज कुमार लाल कर्ण तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री आशिष गौचनले हस्ताक्षर गर्नुभएको छ ।

युनियन लाइफ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्स लिमिटेड एक आसपमा मर्ज भई हिममालय लाईफ इन्स्योरेन्स लिमिटेड कायम भई मिति २०८० वैशाख २६ गते बाट संयुक्त कारोबार सुरु भएको हो ।