• गृहपृष्ठ
  • चूडामणि शर्मा सहित ३ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर

चूडामणि शर्मा सहित ३ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर

Jun 1st, 2023

काठमाडौ १८ जेठ

विशेष अदालतले आन्तरिक राजश्व विभागका तत्कालीन महानिर्देशक एवम् चूडामणि शर्मालाई दोषी ठहर गरेको छ। बिहीबार सहसचिव शर्मासहित कर फर्छ्यौट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकाललाई पनि विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो।

बिहीबार भएको सुनुवाइपछि उनीहरुलाई न्यायाधीश एवम् विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, न्यायाधीश यमुना भट्टराई र न्यायाधीश शालिग्राम कोइरालाको इजलासले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो। उनीहरुले बदनियतपूर्वक १० अर्ब रुपैयाँभन्दा बढी रकम अनधिकृत रुपमा कर छुट तथा मिनाहा गरी गैरकानुनीरुपमा सरकारलाई नोक्सानी पुर्‍याएको आरोप थियो।

उनीहरुले कर फर्स्योट आयोगमा कार्यरत रहेका बेला अनियमितता गरेको अभियोगसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा चलाएको थियो। उनीहरु तीनजनाविरुद्ध अख्तियारले १ अर्ब ३३ लाख रुपैयाँ बिगो र त्यसको दोब्बर बराबर जरिवाना मागदाबीसहित मुद्दा चलाएको थियो।

उक्त मुद्दामा शर्मासँगै कर फर्छ्यौट आयोगका अध्यक्ष महत र सदस्य ढकाल तथा आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक शर्माविरुद्ध अख्तियारले तीन वर्षअघि मुद्दा दायर गरेको थियो।