• गृहपृष्ठ
  • एकता बुद्ध सहकारीका अध्यक्षसहित ६ सञ्चालक पक्राउ

एकता बुद्ध सहकारीका अध्यक्षसहित ६ सञ्चालक पक्राउ

Jun 1st, 2023

काठमाडौं, जेठ १८
बुढानिलकण्ठ नगरपालिका-९, स्थित एकता बुद्ध बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षसहित ६ सञ्चालक पक्राउ परेका छन् । ८ करोड १८ लाख ८९ हजार ७ सय ९५ रूपैयाँ हिनामिना गर्ने कार्यमा संलग्न रहेको अभियोगमा मंगलबार प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा बुढानिलकण्ठ नगरपालिका-९, बस्ने ७२ वर्षीय भानु कुमार शर्मा, ६७ वर्षीय प्रमोद कुमार न्यौपाने, ५० वर्षीय सोमलाल श्रेष्ठ, ५२ वर्षीय वीर बहादुर तामाङ, ३४ वर्षीय शम्भु कार्की र गोरखा पालुङटार नगरपालिका-७ घर भएका ५८ वर्षीय राम कुमार श्रेष्ठ रहेका छन् । भानु कुमार शर्मा संस्थाका कार्यकारी अध्यक्ष हुन् ।

उनीहरुले बचतकर्ताको पैसाबाट व्यक्तिगत लाभका लागि सेयर खरिद गर्ने, घर जग्गा खरिद बिक्री गर्ने गरेको र पैसा फिर्ता माग्न जाँदा बचतकर्तालाई विभिन्न प्रलोभनमा पारेर ठगेको प्रहरीले जनाएको छ ।