• गृहपृष्ठ
  • प्रत्येक वडामा २९ वटा स्मार्ट शौचालय निमार्ण गर्ने ललितपुर महानगरपालिको योजना

प्रत्येक वडामा २९ वटा स्मार्ट शौचालय निमार्ण गर्ने ललितपुर महानगरपालिको योजना

May 31st, 2023

ललितपुर ,१७ जेठ

ललिपुर महानगरपालिकाले यही वर्ष ललितपुरको प्रत्येक वडामा २९ वटा स्मार्ट शौचालय निमार्ण गर्ने भएको छ । हाल २९ वटा वडा रहेका ललितपुर महानगरको चक्रपथ भित्रका वडामा न्यून संख्यामा मात्र सार्वजनिक शौचालय रहेका छन् ।

मेयर चिरिबाबु महर्जनका अनुसार एक किलो मिटरमा एउटा ट्वाईलेट भन्ने अन्तर्राष्ट्रिय मापदण्डको आधारमा उक्त स्मार्ट ट्वाईलेट निमार्ण गर्न लागिएको हो ।

उनले भने, ‘अन्तर्राष्ट्रिय मापदण्डको आधारमा यहि वर्षमा हामीले प्रत्येक वडामा २९ वटास्मार्ट ट्वाईलेट निमार्ण गर्ने भन्यौं तर कतिपय अध्यक्षज्युहरुले खासै चासो देखाउनु भएन तसर्थ अहिलेको निमित्त ९ वटामा हामीले टेन्डर गरिसक्यौं ।’

प्रत्येक वडामा बजेटको योजना ल्याउँदा सार्वजनिक शौचालय निर्माणको योजना समावेश गरेर ल्याउन महर्जनले निर्देशन दिएका छन् । बस्नयोग्य सहर निर्माणका लागि सार्वजनिक शौचालय, पार्क , वातावरण संरक्षण महत्वपूर्ण तत्व भएको उनको भनाई छ ।

वडैपिच्छे एउटा सार्वजनिक शौचालय बनाउने महानगरको योजना छ । अन्तर्राष्ट्रिय मान्यता अनुसार एक किलोमिटरको दुरीमा एउटा सार्वजनिक शौचालय अनिवार्य हुनुर्ने मापदण्ड तोकिएको छ ।

वडामा रहेका सार्वजानिक जग्गामा पार्क निर्माण गर्न समेत महानगरले बडाहरुलाई निर्देशन दिएको छ । महानगर प्रमुख महर्जनले स्थानीय तहले ठूलो काम गर्नु नपर्ने बताउँदै नगरवासीको दैनिकी सुरक्षित र सजिलो बनाउने काम गर्नुपर्ने बताए ।

-एड्भोटेरियल