• गृहपृष्ठ
  • नेपाल लाइफद्वारा रू ६४ लाख २५ हजारका दावी भुक्तानी

नेपाल लाइफद्वारा रू ६४ लाख २५ हजारका दावी भुक्तानी

May 28th, 2023

काठमाडौं, जेठ १४

नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले रू ६४ लाख २५ हजारको दावी भुक्तानी गरेको छ । टीकापुर न.पा ०१, कैलाली घर भएका बीमित श्री नर बहादुर साउदको मिति २०८० साल वैशाख १६ गते क्यान्सरका कारण असामायिक निधन भएको थियो । टीकापुरमा आयोजित एक कार्यक्रम बीच यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले रू ६४ लाख २५ हजारको चेक मृतकले इच्छाइएको व्यक्ति श्री ज्ञानु देवी साउद (श्रीमती) लाई हस्तान्तरण गर्नुभएको छ ।

आफ्नो जीवनकालमा स्व: नर बहादुर साउदले नेपाल लाइफ इन्स्योरेन्स क.लि टीकापुर शाखा कार्यालयबाट मिती २०७५/०५/१३ गते रु.५०,००,०००/-बीमाङ्क भएको जीवन बीमा योजना लिनु भएको थियो । बीमाङ्क बापतको रकम अन्तर्गत रु.५०,००,०००/- र बोनस बापत रु.१४,२५,०००/- गरी जम्मा रु.६४,२५,०००/- इच्छाइएको व्यक्ति (श्रीमती) लाई प्रदान गरिएको छ ।
कागजात प्राप्त भएको पाँच दिन भित्रनै कम्पनीले भुक्तानी गरेको हो । दावी प्रक्रियालाई चुस्त दुरुस्त, छिटोछरितो बनाउन कम्पनीले नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै आएको कुरा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले बताउनु भएको छ ।