• गृहपृष्ठ
  • सञ्चालकले गम्भीर लापरबाही गर्दा सहकारीका बचतकर्ता डुबेः विभाग

सञ्चालकले गम्भीर लापरबाही गर्दा सहकारीका बचतकर्ता डुबेः विभाग

May 28th, 2023

काठमाडौं, जेठ १४

सहकारी संघ संस्थाका केही सञ्चालकले गम्भीर लापरबाही, गल्ती, कमजोरी गरेका कारण संस्था समस्याग्रस्त बन्दै गएको सहकारी विभागले जनाएको छ ।

पछिल्लो समय समस्यामा परेका कतिपय सहकारीका सञ्चालकहरुले सहकारी ऐन तथा नियमावलीका कानूनी छिद्र पहिल्याउँदै त्यसैको उपयोग गर्दै आफ्ना निहीत स्वार्थ पूर्तिका लागि सहकारीको उपयोग गरेको विभागको ठहर छ ।

ठूलो संख्यामा सहकारीहरु स्थापना भएका तथा नियामक निकायको क्षमता विकास सोही रुपमा नहुदा नियमन प्रभावकारी नभएको विभागले जनाएको छ ।