• गृहपृष्ठ
  • नयाँ शैक्षिक सत्रमा लूभूको नमुना स्कुल भर्ना भएका विद्यार्थीहरुलाई स्वागत

नयाँ शैक्षिक सत्रमा लूभूको नमुना स्कुल भर्ना भएका विद्यार्थीहरुलाई स्वागत

May 27th, 2023

ललितपुर १३ जेठ

ललितपुरको लुभूस्थित नमुना स्कुलमा शैक्षिक सत्र २०८० सालमा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई विभिन्न साँस्कृतिक कार्यक्रम गरी स्वागत गरिएको छ ।

विद्यालयले प्रदान गर्दै आएको सीप संसकार सहितको गुणस्तरीय शिक्षाको कारण शैक्षिकसत्र २०८० मा १५० भन्दा बढी नयाँ विद्यार्थीहरु भर्ना भएका थिए । सो विद्यालयले सबै विद्यार्थीहरुलाई होम्ली इन्भाइरोन्मेन्टमा सबै अतिरिक्त क्रियाकलाप गराइ सबै कुरा सिक्ने मौका दिएको कारण सो विद्यालय आफूहरुको रोजाइमा परेको विद्यालयमा भर्ना भएका नयाँ विद्यार्थीहरुले वताए ।

विद्यालयका प्रिन्सिपल केके मल्ल बिगतमा जस्तै सर्वाङ्गिण बिकास गर्ने खालको सिप र संस्कार सहितको शिक्षा उपलब्ध गराउनेमा कुनै कसर बाकी नराख्ने प्रतिबद्धता व्यक्त गरे ।

आगन्तुक विद्यार्थी स्वागत कार्यक्रमा विद्यालयकी कक्षा १० की छात्रा सुपृया राइले सम्पुर्ण विद्यार्थी साथीहरुको तर्फबाट आगन्तुक साथीहरूको लागि स्वागत मन्तव्य राखेकी थिइन् । त्यस्तै आगन्तुक विद्यार्थीहरुको प्रतिनिधित्व गर्दै बुर्नाइबाट अध्ययन गर्न सपरिवार नेपाल आएकी छात्रा प्रियङ्का सम्बाम्फेले मन्तव्य विगतमा एसइइमा जिल्ला प्रथम हुन सफल र यस भेगकै सबै भन्दा पुरानो ४३ बर्षे ईतिहास बोकेको अङ्ग्रेजी माध्यमको नमुना स्कुलमा अध्ययन गर्न पाउनु गर्वको कुरा भएको वताइन् ।

उक्त कार्यक्रम समापन गर्दे विद्यालय संचालक तथा कार्यक्रमका सभापती रिता श्रेष्ठले विद्यालयलाई सो क्षेत्रकै उत्कृष्ट विद्यालयका रुपमा टिकाई राख्न सबै पक्षको निरन्तर सहयोग तथा सद्भाव रहने बिश्वास व्यक्त गरिन् ।