• गृहपृष्ठ
  • महालक्ष्मी नगरस्तरिय चित्रकला प्रतियोगितामा सम्पन्न

महालक्ष्मी नगरस्तरिय चित्रकला प्रतियोगितामा सम्पन्न

May 26th, 2023

ललितपुर, १२ जेठ ।

महालक्ष्मी नगरस्तरिय अन्तर विधालय चित्रकला प्रतियोगितामा सम्पन्न भएको छ । महालक्ष्मी नगरपालिकाको शिक्षा, यूवा तथा खेलकुद शाखाको आयोजना र सिद्विमंगल मा. वि.को व्यबस्थापनमा आज नगरभित्र १ देखि ५ कक्षा र ६ देखि १० कक्षासम्म अध्ययन गर्ने विधार्थीबिच दुई चरणमा प्रतियोगिता सम्पन्न भएको हो । सिद्विपुर-६ स्थित श्री सिद्विमंगल माध्यामिक विधालयमा ३२ स्कूलका ११९ विधार्थीबिच प्रतियोगितामा भएको थियो ।

१० कक्षासम्म ‘सुरिक्षत भविष्यको लागि प्रकृति संरक्षण’भन्ने विषयमा बनाउन दिईएको चित्रकला प्रतियोगितामा ६ देखि १० कक्षामा विधार्थीमध्ये उत्कृष्ट चित्र कला प्रस्तुत गरेर माउण्ट ओलिभ स्कूलका श्याम डंगोरा प्रथम भएका छन् । दोस्रो सिद्विमंगलकी अनुष्का बि.क, माउण्ट ओलिभ स्कूलकै शुभेच्छा महर्जन तृतिय र बिश्वामित्र माविका मोहन लिम्बुले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् ।

यसैगरी १ देखि ५ सम्मको लागि ‘हाम्रो विधालय राम्रो विधालय’ विषयमा बनाउन दिईएको चित्रकला प्रतियोगितामा ललित एकेडेमीका सुशान्त महर्जन प्रथम हुन सफल भएका छन् । दितिय हुने हेरिटेज स्कूलका सहारा कुबर, तृतिय स्थान हासिल गर्नेमा वेस्ट विङ्ग स्कूलका प्रेरणा महर्जन र स्वर्णिम सागर सूलका उत्सब चौधरीले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् ।

महालक्ष्मी नगरपालिकाका नगरप्रमुख हरिगोबिन्द श्रेष्ठले पुरस्कृत विधार्थीलाई सम्मान पत्र सहित नगद पुरस्कार प्रदान गरेका छन् । विधालयको चित्रकलासँग सम्बन्धित प्रस्फुटन गराउने उदेश्यले प्रतियोगिता आयोजना गरिएको शिक्षा अधिकृत चिरञ्जीवी पौडेलले जानकारी दिनुभयो । प्रतियोगिताको मुख्य निर्णायक मण्डलमा वरिष्ठ चित्रकार दिपेन्द्रमान बनेपाली, आशुराम खाईजुलगायत रहनुभएको थियो ।