• गृहपृष्ठ
  • महालक्ष्मी विकास बैंकद्वारा क्रेडिट कार्ड सेवाको सुभारम्भ

महालक्ष्मी विकास बैंकद्वारा क्रेडिट कार्ड सेवाको सुभारम्भ

May 26th, 2023

काठमाडौं, जेठ १२

“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्ष देखि अनवरत रुपले गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आएको यस महालक्ष्मी विकास बैंक लिमिटेडले ग्राहकहरुको डिजिटल बैंकिङको आवश्यकता र चाहनालाई मध्यनजर गर्दै बैंकको २९औं वार्षिकोत्सवको अवसरमा VISA क्रेडिट कार्ड सेवाको सुभारम्भ गरेको छ । बैंकले आज मिति २०८० जेष्ठ १२ गते शुक्रबारदेखि औपचारिक रुपमा क्रेडिट कार्ड सेवाको सुभारम्भ गरेको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत श्री बोधराज देबकोटा ज्यूले बैंकको केन्द्रिय कार्यालयमा आयोजित कार्यक्रमका बिच क्रेडिट कार्ड सेवाको समुद्घाटन गर्नुभएको हो । उहाँले ग्राहकको आवश्यकता, सन्तुष्टि र संस्थागत सुशासनलाई आत्मसात् गर्दै भविष्यमा अझ अत्याधुनिक सरल, सहज र विश्वसनीय बैकिङ्ग सेवाको पहुँच सारा नेपाली जनतामा पु¥याउने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ ।

क्रेडिट कार्ड प्रयोगकर्ताले Point of Sale (POS Machine),अनलाईन कारोबार तथा भिजा कार्ड स्वीकार गर्ने ATM बाट सजिलै नगद झिक्न, POS मार्फत भुक्तानी गर्न र वस्तु वा सेवाहरु खरिद गर्न सक्नेछन् । कार्ड मार्फत नगद झिक्दा, अनलाईन भुक्तानी गर्दा र वस्तु वा सेवाहरु खरिद गर्दा अधिकतम ४५ दिन सम्म व्याज नलाग्ने, क्रेडिट कार्ड सिमा १५ हजार देखि ५ लाखसम्म पाउने तथा नेपाल भारत र भुटानमा सजिलै प्रयोग गर्न सकिने जस्ता विशेषताहरु क्रेडिट कार्ड सेवामा उपलब्ध छन् ।