• गृहपृष्ठ
  • बचत फिर्ता गर्न नसकेका सहकारी संस्थाले श्वेतपत्र जारी गरी समय सिमा तोक्न पाउने

बचत फिर्ता गर्न नसकेका सहकारी संस्थाले श्वेतपत्र जारी गरी समय सिमा तोक्न पाउने

May 26th, 2023

काठमाडौ १२ जेठ

सहकारी विभागले समस्यामा परेको कारण बचतकर्ताहरुको बचत समयमै फिर्ता गर्न नसकेका सहकारी संस्थाले श्वेतपत्र जारी गरी समय सिमा तोक्न पाउने सुविधा दिएको छ ।

संघीय सहकारी विभागले शुक्रबार पत्रकार सम्मेलन गर्दै सहकारीका सञ्चालकले सदस्यलाई विश्वास दिलाएर बचत फिर्ताको समय तोक्न पाउने जानकारी दिएको हो । विभागका रजिष्ट्रार नमराज घिमिरेले सहकारीले सदस्यलाई विश्वास दिलाउन स्वेतपत्र जारी गर्नुपर्ने समेत बताएका छन् ।

यो सुविधाको उपभोग चाहने सहकारी संस्थाले गर्न दायित्वको कानुनी ग्रहण पनि अनिवार्य रुपमा गर्नुपर्ने हुन्छ । कानुनी रुपमा दायित्व ग्रहण गरेपछि सञ्चालक भाग्ने सम्भावना नहुने हुँदा सहमतिमा बचत फिर्ताको समय तोक्न सक्ने रजिस्ट्रार घिमिरेले बताए । उनका अनुसार बचतकर्ता र सञ्चालकको आपसी समझदारीले मात्रै समय पाइन्छ, सञ्चालकले बचतकर्ताको बचतको ग्यारेन्टी दिनुपर्छ ।

सञ्चालकले बदनियतले कारोबार गर्दा र आफ्नो वा आफ्न्तको कम्पनीमा लगानी गर्दा समस्या देखिएको हो । सहकारीका सञ्चालकहरुले घरजग्गा लगायत व्यवसायमा लगानी गरेको र घरजग्गामा दबाब आउँदा यो अवस्था आएको उनले बताए ।