१० सहकारी कालोसूचीमा (नामावलीसहित)

May 26th, 2023

काठमाडौं । जेठ महिनाको पहिलो दोस्रो साता नबित्दै १० वटा सहकारी संस्था कालोसूचीमा परेका छन् । जेठ ९ गतेसम्म १० सहकारी संस्थालाई कर्जा सूचना केन्द्रले कालोसूचीमा राखेको हो ।

केन्द्रले विभिन्न संघ, संस्था तथा व्यक्तिले दिएको उजुरीको आधारमा उक्त सहकारीहरूलाई कालोसूचीमा राखेको हो ।

कालोसूचीमा पर्ने सहकारीहरुमा लालीगुराँस सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ, तुलसी बहुमुखी सहकारी संस्था लिमिटेड, उपलब्धि मल्टिपपर्स को-अपरेटिभ, शान्ति सन्देस सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ, पश्चिमोदय बचत तथा ऋण सहकारी संस्था र सम्बर्द्धन सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ छन् ।

त्यसैगरी, अस्ट सेभिङ एण्ड क्रेडिट अपरेटिभ, असर्फी सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ, जेस्ट सेभिङ क्रेडिट को-अपरेटिभ र शिव शिखर मल्टिपपर्स को-अपरेटिभलाई पनि कर्जा सूचना केन्द्रले कालोसूचीमा राखेको छ ।