• गृहपृष्ठ
  • सरकारी कोषमा १ खर्ब ८४ अर्ब रुपैयाँ मौज्दात

सरकारी कोषमा १ खर्ब ८४ अर्ब रुपैयाँ मौज्दात

May 24th, 2023

काठमाडौं, जेठ १०

चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म आइपुग्दा सरकारी कोषमा झन्डै २ खर्ब अर्थात् १ खर्ब ८४ अर्ब रुपैयाँ मौज्दात रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार विभिन्न बैंकमा गरी कूल १ खर्ब ८४ अर्ब ५९ करोड ३७ लाख ६९ हजार ७२२ रुपैयाँ सरकारी डिपोजिट रहेको हो । 

यो केन्द्र (संघीय) सरकारदेखि प्रदेश सरकार र स्थानीय तहको समेत पैसा हो । जबकि अघिल्लो आर्थिक वर्ष २०७८/७९ को असार मसान्तसम्म यस्तो सरकारी डिपोजिट २ खर्ब २५ अर्ब ५० करोड ६८ लाख ५४ हजार ७०४ रुपैयाँ रहेको थियो । 

गत असारको तुलनामा सरकारी मौज्दात ४० अर्ब ९१ करोड ३० लाख रुपैयाँले घटेको हो ।