• गृहपृष्ठ
  • सहकारीमा समस्यै समस्या: ग्रामिण उत्थान बहुउद्देस्यीय सहकारीले विजुलीको बिल समेत तिर्न सकेन

सहकारीमा समस्यै समस्या: ग्रामिण उत्थान बहुउद्देस्यीय सहकारीले विजुलीको बिल समेत तिर्न सकेन

May 23rd, 2023

आधारभूमि सम्वाददाता जेठ ९, काठमाडौं ।
भक्तपुरको सूर्यविनायकमा कार्यालय रहेको ग्रामीण उत्थान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड थप समस्यामा परेको खबर छ । सो सहकारीले रत्नराज शिल्पकार सहित ४ जना परिवारका सदस्यको २४ लाख भाका नाघेका साँवा र ब्याज रकम फिर्ता दिन सकेको छैन् । ग्रामिण उत्थान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सहकारीको कार्यालय भाडामा लिएकोे घरको विजुली प्रयोग गरे वापतको ८ महिनाको बिल भुक्तानी गर्न सकेको छैन । सहकारी सञ्चालक भने को कहाँ छ भन्ने २४ लाख मुद्दती रकम बचत कर्तालाई समेत थाहा नभएको थाहा नदिएको बुझिएको छ ।

त्यस्तै, बचत फिर्ता नगर्ने सहकारी सल्लाघारीको सुमार्ग बचत तथा ऋण सहकारी संस्था लि.ले नबराज खड्काको १९ लाख ५१ हजार ७ सय ८४ बचत फिर्ता दिनुको साटो सहकारी जान नसकी उल्टै सहकारी बचाई दिन सहकारी बचाउ अभियन्ताहरु गुहार्दै हिडेका छन् । सहकारीमा समस्या आउनुको मुख्य कारण नै सहकारी माथि नियमन निकायले नियमित अनुगमन नगर्नु सहकारीको छाता संगठनहरु जिल्ला सहकारी संघ, केन्द्रिय संघ, सहकारी महासंघले समयमा ध्यान दिन नसक्नुको कारण सहकारी सञ्चालकहरुले सहकारीको सिद्धान्त विपरित सहकारीका सञ्चालक र कर्मचारीहरुको नातेदारहरुको नाममा ऋण निकाली मनोमानी ढंगले घर जग्गामा लगानी लगाउनु र कोरोना कहर र विश्वव्यापी आर्थिक मन्दीका कारण सहकारीका सदस्यहरुको व्यापारमा भएको मन्दीको कारण यस्तो अवस्था आएको सहकारी विज्ञको भनाइ छ ।

त्यस्तै, सहकारीका सदस्यहरुको बचत फिर्ता दिन नसक्नु नौलो कुरो होइन बचत फिर्ता नगर्ने सहकारीमा बालाजुको हाम्रो सगरामाथा बहुउद्देश्यीय सहकारी संस्था लि., गठ्ठाघरको कृषि विकास बचत तथा ऋण सहकारी संस्था लि., कौल्टारको शिव शिखर बचत तथा ऋण सहकारी संस्था लि., सल्लाघारीको शिवालय बचत तथा ऋण सहकारी संस्था लि., सल्लाघारीको बुद्ध दर्शन पर्यटन सहकारी संस्था लि., प्रदेशको सरकारको कृषि तथा सहकारी मन्त्रालयबाट स्वीकृती लिई सु.न.पा.कार्य क्षेत्र रहने गरी दर्ता गराई ठग्ने नियतले नगदेशमा बाहाखा सञ्चालित बशन्त बहुउद्देश्यीय सहकारी संस्था लि, जनजीवीका, शुभ बचत तथा ऋण सहकारी संस्था लि., हितैसी बहुउद्देश्यीय सहकारी संस्था लि., डोकाथली, जुगल, आर्थिक विकास बहुउद्देश्यीय सहकारी संस्था लि., लाली गुराँस सहकारी संस्था लि., ग्रेट गंगा सागर, देउराली बहुउद्देश्यीय सहकारी संस्था लि. कान्तीपुर सेभिङ्ग, गोर्खा सेभिङ्ग, पशुपति सेभिङ्ग, सहारा सेभिङ्ग, सुमेरु सेभिङ्गका भाका नाघेका बचतकर्ता सहकारी सदस्यहरुको रकम दिनुको साटो उल्टै सहकारी बचाउ अभियान्ताहरु गुहारी सहकारी बचाउन अनुरोध गरेका छन् ।