• गृहपृष्ठ
  • समस्याग्रस्त सहकारी : बचत फिर्ता दिन नसकेपछि सहकारी बचाउ गर्न अनुरोध

समस्याग्रस्त सहकारी : बचत फिर्ता दिन नसकेपछि सहकारी बचाउ गर्न अनुरोध

May 23rd, 2023

काठमाडौ जेठ ९

भक्तपुरको सूर्यविनायकस्थित ग्रामिण उत्थान बहुउद्देश्यीय सहकारीले बचतकर्ताको रकम फिर्ता गर्न नसकेर सञ्चालक फरार रहेका छन् ।  सो सहकारीले रत्नराज शिल्पकार सहित ४ जना परिवारका सदस्यको २४ लाख भाका नाघेका साँवा र ब्याज रकम फिर्ता दिन सकेको छैन् । बचतकर्ताहरुले सहकारी सञ्चालक कहाँ छन्  भन्ने समेत थाहा नभएको वताएका छन् । 

साथै ग्रामिण उत्थान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सहकारीको कार्यालय भाडामा लिएकोे घरको विजुली प्रयोग गरे वापतको ८ महिनाको बिल भुक्तानी गर्न नसकेको स्रोतले वताएको छ । त्यस्तै, सल्लाघारीको सुमार्ग बचत तथा ऋण सहकारी संस्थाले पनि नबराज खड्काको १९ लाख ५१ हजार ७ सय ८४ बचत फिर्ता नदिएको वताइएको छ । सो संस्थाले आफू समस्यामा परेको दावी गर्दै सहकारी बचाई दिन सहकारी बचाउ अभियन्ताहरु गुहार्दै हिडेको छ ।

यसैगरी सहकारीका सदस्यहरुको बचत फिर्ता दिन नसक्नु नौलो कुरो होइन बचत फिर्ता नगर्ने सहकारीमा बालाजुको हाम्रो सगरामाथा बहुउद्देश्यीय सहकारी संस्था लि., गठ्ठाघरको कृषि विकास बचत तथा ऋण सहकारी संस्था लि., कौल्टारको शिव शिखर बचत तथा ऋण सहकारी संस्था लि., सल्लाघारीको शिवालय बचत तथा ऋण सहकारी संस्था लि., सल्लाघारीको बुद्ध दर्शन पर्यटन सहकारी संस्था लि., प्रदेशको सरकारको कृषि तथा सहकारी मन्त्रालयबाट स्वीकृती लिई सु.न.पा.कार्य क्षेत्र रहने गरी दर्ता गराई ठग्ने नियतले नगदेशमा बाहाखा सञ्चालित बशन्त बहुउद्देश्यीय सहकारी संस्था लि, जनजीवीका, शुभ बचत तथा ऋण सहकारी संस्था लि., हितैसी बहुउद्देश्यीय सहकारी संस्था लि., डोकाथली, जुगल, आर्थिक विकास बहुउद्देश्यीय सहकारी संस्था लि., लाली गुराँस सहकारी संस्था लि., ग्रेट गंगा सागर, देउराली बहुउद्देश्यीय सहकारी संस्था लि. कान्तीपुर सेभिङ्ग, गोर्खा सेभिङ्ग, पशुपति सेभिङ्ग, सहारा सेभिङ्ग, सुमेरु सेभिङ्गका भाका नाघेका बचतकर्ता सहकारी सदस्यहरुको रकम दिनुको साटो उल्टै अफाूहरु नै समस्यामा परेको भन्दै सहकारी बचाउ अभियान्ताहरुसंग गुनासो गर्ने गरेका छन् ।

सहकारीमा समस्या आउनुको मुख्य कारण नै सहकारी माथि नियमन निकायले नियमित अनुगमन नगर्नु सहकारीको छाता संगठनहरु जिल्ला सहकारी संघ, केन्द्रिय संघ, सहकारी महासंघले समयमा ध्यान दिन नसक्नुको कारण सहकारी सञ्चालकहरुले सहकारीको सिद्धान्त विपरित सहकारीका सञ्चालक र कर्मचारीहरुको नातेदारहरुको नाममा ऋण निकाली मनोमानी ढंगले घर जग्गामा लगानी लगाउनु र कोरोना कहर र विश्वव्यापी आर्थिक मन्दीका कारण सहकारीका सदस्यहरुको व्यापारमा भएको मन्दीको कारण यस्तो अवस्था आएको सहकारी विज्ञको भनाइ छ ।

यसैबिच सहकारी संस्थाहरुमा देखिएका बेथिति तत्काल सुधार्न आवस्यक भएको भन्दै राष्ट्रिय सहकारी महासंघले विभिन्न माग अघि सारेको छ । महासंघले विज्ञप्ती जारी गर्दै सरकार समक्ष १३ बुँदे माग राखेको हो । महासंघको १३ बुँदे मागहरू सरकारले सम्बोधन नगरेसम्म विभिन्न संघर्षका कार्यक्रम गर्ने विज्ञप्तिमा उल्लेख छ ।