• गृहपृष्ठ
  • महालक्ष्मी विकास बैंकको संस्थापक शेयर बिक्रीमा

महालक्ष्मी विकास बैंकको संस्थापक शेयर बिक्रीमा

May 23rd, 2023

काठमाडौं, जेठ ९

महालक्ष्मी विकास बैंकले २ लाख ४० हजार ६६५ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।  बैंकका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीको लागि आवेदन दिएपश्चात बैंकले सो शेयर बिक्रीमा ल्याएको हो ।

उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले सूचना प्रकाशितको मितिले ३५ दिन भित्र बैंकको केन्द्रिय कार्यालय, दरबारमार्ग, काठमाडौंमा आवेदन दिन सक्नेछन् ।

उक्त समयमा विद्यमान संस्थापक शेयरधनीहरुबाट शर्त बमोजिम शेयर खरिदको लागि निवेदन पर्न नआएमा प्रचलित कानुन अनुसार सो शेयर अन्य व्यक्ति तथा संस्थालाई बिक्री गर्ने बैंकले जनाएको छ ।