• गृहपृष्ठ
  • स्विजरल्याण्ड पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ

स्विजरल्याण्ड पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ

May 22nd, 2023

काठमाडौँ ।  स्विजरल्याण्ड पठाइदिने भन्दै ठगी गरेको अभियोगमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेको बनेपा नगरपालिका वडा नम्बर ४ स्थायी घर भई हाल बाँकेको कोहलपुर बस्ने पार्वती थापा रहेकी छन् । 

थापाले तुलाराम तारम मगरलाई वैदेशिक रोजगारीको लागि स्विजरल्याण्ड पठाइदिने भन्दै ठगी गरेको उजुरी परेको थियो । पार्वतीले स्जिरल्याण्ड जान सात लाख बीस हजार रुपैयाँ लाग्ने र त्यहाँ पुगेपछि सुपरमार्केटमा प्याकिङको काम लगाइदिने भन्दै ठगी गरेको खुलेको छ । 

पीडितबाट पार्वतीले सात लाख बीस हजार रुपैयाँ रकम लिई सम्पर्क विहीन भएपछि वैदेशिक रोजगार विभागमा उजुरी परेको थियो । विभागको पत्राचारका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले थापालाई काठमाडौँको गोंगबुबाट पक्राउ गरेको हो ।

उनीउपर  थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको छ ।