• गृहपृष्ठ
  • सहकारीका वेथिति विरुद्ध राष्ट्रिय सहकारी महासंघद्वारा आन्दोलनको घोषणा

सहकारीका वेथिति विरुद्ध राष्ट्रिय सहकारी महासंघद्वारा आन्दोलनको घोषणा

May 22nd, 2023

काठमाडौं ८ जेठ

सहकारीका सञ्चालकहरुले बचतकर्ताको बचत फिर्ता गर्न नसकेको तथा कतिपय सहकारी
सञ्चालक फरार भएको भन्दै राष्ट्रिय सहकारी महासंघले आन्दोलनको घोषणा गरेको छ ।

महासंघले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै आन्दोलनको घोषणा गरेको हो । महासंघले भोलि (मंगलबार) जेठ ९ गतेदेखि नै माग पुरा नभएसम्म निरन्तर सबै जिल्लास्तरीय संघहरुमा आन्दोलनका कार्यक्रम गर्ने घोषणा गरेको हो ।

राष्ट्रिय सहकारी महासंघ नेपालकी वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लले सहकारी ऐन र नियमावली कार्यान्वयनका लागि धेरै मन्त्री, उपप्रधानमन्त्री तथा शीर्ष नेताहरूलाई भेट्दा पनि कुराहरू सुनुवाई नभएको भन्दै आफूहरूले पहिलोपटक शान्तिपूर्ण रूपमा आन्दोलन गर्न लागेको बताइन् ।

महासंघको १३ बुँदे मागहरू सरकारले सम्बोधन नगरेसम्म विभिन्न संघर्षका कार्यक्रम गर्ने विज्ञप्तिमा उल्लेख छ ।

महासंघले आन्दोलनको क्रममा ‘हामी आन्दोलनमा छौं’ भन्ने कालो ब्यानर राख्ने, सबै सहकारी संघरसंस्थाका कर्मचारीहरूले कालोपट्टी लगाएर कार्यालयको दैनिक कार्य सञ्चालन गर्ने, तीनै तहका सरकारद्वारा आयोजित अन्तरक्रिया गोष्ठी, छलफल, तालिमलगायतका कार्यक्रमहरूमा सहभागी नभई भद्र अवज्ञा गर्ने बताएको छ ।