• गृहपृष्ठ
  • सहकारी संस्थामा तरलता अभाव, भक्तपुरस्थित शुभकामना साकोसको तरलता २४ प्रतिशत

सहकारी संस्थामा तरलता अभाव, भक्तपुरस्थित शुभकामना साकोसको तरलता २४ प्रतिशत

May 22nd, 2023

काठमाडौं ८ जेठ

पछिल्लो समय केही सहकारी संस्थाहरु बदनाम हुदै गएका छन् ।बचतकर्ताको रकम ठगेर भागेका छन् भने कतिपय सहकारीमा तरलता अभाव देखिएको छ । खासगरी काठमाडौं उपत्यका केन्द्रीत सहकारीहरुमा तरलता अभाव देखिएको छ । सहकारीले ठग्ने गरेको सुनेर बचतकर्ताहरु आफ्नो बचत फिर्ता गर्न जाने गरेपछि सहकारीमा तरलता अभाव देखिएको हो ।

एक विवरण अनुसार भक्तपुरस्थित शुभकामना साकोसमा २४.८६ प्रतिशत तरलता देखिएको छ । संस्थाले प्रकाशित गरेको बैशाख महिनाको वित्तीय विवरण अनुसार २२ करोड ५६ लाख ६३ हजार तरलता रकम रहेको छ । सहकारी विभागको निर्देशन अनुसार संस्थाले विवरण प्रकाशित गरेको थियो ।

त्यस अवधिमा संस्थाको शेयर पुँजी १० करोड ६८ लाख ९८ हजार,बचत संकलन ९० करोड ७६ लाख ६१ हजार, जगेडा कोष १२ करोड ८१ लाख ४८ हजार र संस्थागत पुँजी १३ करोड ४ लाख रहेको छ ।

संस्थाको अन्य कोषहरुमा ८१ लाख १४ हजार, कुल सम्पत्ति १ अर्ब २५ करोड १८ लाख र ऋण लगानी ९३ करोड ४५ लाख २४ हजार रहेको छ । संस्थामा ९ हजार २८५ सदस्य रहेका छन् । संस्थाका अनुसार ६ सय ५४ जना सदस्यले ऋण लिएका छन् ।