• गृहपृष्ठ
  • भक्तपुरका ठूला सहकारी भन्दा साना सहकारीको बित्तीय अवस्था बलियो

भक्तपुरका ठूला सहकारी भन्दा साना सहकारीको बित्तीय अवस्था बलियो

May 19th, 2023

आधारभूमि जेठ ५, भक्तपुर ।
भक्तपुर जिल्लाका ठूला सहकारी संस्था भन्दा साना सहकारी संस्थाको वित्तीय कारोवार बलियो भएको बुभिएको छ । ठूला सहकारीले सहकारी ऐन, नियम, कानून, सिद्धान्त विपरित जथाभावी घर, जग्गा, सवारी साधन कर्जामा लगानी गरेकाले ठूला सहकारी संस्थाहरुको वित्तीय कारोवार कमजोर भई सहकारी संचालकहरुलाई निक्कै अपठ्यारोमा परेका बुझिएको छ । सहकारी सञ्चालकहरु मुद्दती र नियमित बचत कर्ताहरुको समय अवधि पुगेका रकम दिन नसकेपछि सहकारी संस्थामा प्रवेश गर्न समेत नसकी कोही तारे होटेल, कोही भूमिगत रुपमा लुकीछिपी बसेको पाइएको छ ।

त्यस्तै, साना सहकारीमा सूर्य विनायक नगरपालिका वडा नं.२ मा अवस्थित भादगाउँ बहुमुखी सहकारी संस्थाको सहकारी सञ्चालकहरुसंगको भेटको कुराकानीको क्रममा यस्तो रहस्य खुलेको हो । यस संस्थामा वित्तीय कारोबार राम्रो भएको अन्य कुनै वित्तीय समस्या नभएको भादगाउँ बहुमुखी सहकारी संस्था लि. मा जम्मा ५ सय ५ सदस्य रहेको शेयर पूजीँ १ करोड पचास लाख र कुल पूँजी पौने दुई करोड भएको संस्थाका प्रबन्धक डिल्लीश्वर प्रधानले आधारभूमिलाई जानकारी गराए ।