• गृहपृष्ठ
  • गोदावरी ६ का बासिन्दाले नयाँ भवनबाट स्वास्थ्य सेवा

गोदावरी ६ का बासिन्दाले नयाँ भवनबाट स्वास्थ्य सेवा

May 19th, 2023

ललितपुर, जेठ ५
ललितपुर । गोदावरी नगरपालिका ६ का वाडावासीले नवनिर्मित आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवनबाट स्वास्थ्य सेव लिन पाउने भएका छन् । तीन वर्षमा निर्माण सम्पन्न भएको उक्त भवनको गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले उद्घाटन गरे । अपाङगतामैत्री यो भवनबाट वडावासीले चिकित्सकीय सेवा समेत प्राप्त गर्छन् । भवन उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख महर्जनले नगरपालिकाले स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिएको बताए ।

प्रत्येक वडामा चिकित्सकसहितको स्वास्थ्य सेवाको व्यवस्थाले वडा तहसम्म स्वास्थ्य सेवा पुगेको उनले दाबी गरे ।