नेप्से १.६७ अङ्कले बढ्यो

May 18th, 2023

काठमाडौं,जेठ ४

प्रि-ओपन सेसनमा नेप्से सूचक १.६७ अङ्कले बढेको छ । यससँगै सूचक १८४६.६९ विन्दुमा आएको छ । २ लाख ५६ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ भने १२ कम्पनीको ६९० कित्ता सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल १४ वटा कम्पनीको कारोबार भएको छ । ९ कम्पनीको भाउ बढ्दा २ वटाको भने मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।