• गृहपृष्ठ
  • भक्तपुरका दर्जन सहकारी संस्था समस्यामा

भक्तपुरका दर्जन सहकारी संस्था समस्यामा

May 18th, 2023

आधारभूमि जेठ ३, भक्तपुर ।
भक्तपुर जिल्लामा सब भन्दा बढी सहकारी संस्थामा बित्तीय समस्या आएको देखिएको छ । बित्तीय समस्या आएको सहकारीहरु समस्यामा आउनुको मुख्य कारण हो सहकारीका सञ्चालकहरुले सहकारी ऐन, नियम, सिद्धान्त विपरित आफु खुशी सहकारीको सम्पत्ती दुरुपयोग गरी घर जग्गामा लगानी लगाउनु, सहकारीका सञ्चालकहरुको आफन्तका नाममा, प्रेमी, प्रेमीका उनका नातेदारका नाममा ऋण प्रवाह गरी १८ देखि २४ प्रतिशत सम्म जग्गा व्यापारीलाई ऋण प्रवाह गरी पूजीँ दुरुपयोग गरेको पाइएको छ ।

समस्यामा पर्ने सहकारीहरुमा शिव शिखर बचत तथा ऋण सहकारी संस्था लि., बुद्ध दर्शन पर्यटन सहकारी लि., शिवालय बचत तथा ऋण सहकारी संस्था लि., शुभ बचत तथा ऋण सहकारी संस्था लि., बशन्त बहुउद्देश्यीय सहकारी संस्था लि., कृषि विकास बचत तथा ऋण सहकारी संस्था लि., पशुपति सेभिङ्ग सहकारी, लि., जनजीवीका बचत तथा ऋण सहकारी संस्था लि , ग्रामिण उत्थान बहुउद्देश्यीय सहकारी संस्था लि., हितैसी बचत तथा ऋण सहकारी संस्था लि., डोकाथली बचत तथा ऋण सहकारी संस्था लि., जुगल बचत तथा ऋण सहकारी संस्था लि., आर्थिक विकास बहुउद्देश्यीय सहकारी संस्था लि., लाली गुराँस बचत तथा ऋण सहकारी संस्था लि., ग्रेट गंगा सागर सहकारी, लगायतका सहकारीहरु समस्यामा परेको बुझिएको छ ।

अन्य सहकारीहरुमा पनि इमान्दार सहकारीका सदस्यहरु वर्षौं देखि ऋण मागका निवेदनहरु हजारौं आएपनि सहकारीका सदस्यहरुलाई राष्ट्रबैंकको आदेश छैन भनी ऋण दिनुका साटो सहकारी संचालकहरु घर जग्गा लगानी गर्न दौडधूप गरेको बुझिएको छ ।