• गृहपृष्ठ
  •  राष्ट्र बैङ्कद्वारा ऋणीलाई सहुलियत दिने

 राष्ट्र बैङ्कद्वारा ऋणीलाई सहुलियत दिने

May 18th, 2023

काठमाडौं, जेठ ४

बैङ्क तथा वित्तीय सस्थाका ऋणीले उठेको ब्याजको १० प्रतिशत मात्रै भुक्तान गरेमा ऋणको पुनर्संरचना हुने भएको छ । 

बुधबार एकीकृत निर्देशन संशोधन गर्दै नेपाल राष्ट्र बैङ्कले होटल तथा रेस्टुरेन्ट, पशुपन्छीपालन र निर्माण क्षेत्रसँग सम्बन्धित कर्जा र पाँच करोड रुपियाँसम्मको सबै क्षेत्रका कर्जा अवस्था हेरी पुनर्तालिकीकरण तथा पुनर्संरचना गर्न सक्ने व्यवस्था गरेको हो ।

निर्देशन अनुसार अब ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैङ्क तथा वित्तीय संस्थाले यो कामका लागि असार मसान्तसम्म मात्र समयसीमा पाएका छन् । गत चैतसम्म सक्रिय वर्गमा रहेको कर्जालाई मात्र यस्तो सुविधा राष्ट्र बैङ्कले दिएको हो । 

यस्तो सुविधा दिइएको कर्जामा ५ प्रतिशत कर्जा नोक्सानी व्यवस्था गनुपर्ने पनि सर्त तोकिएको छ भने कर्जाको वर्ग परिवर्तन पनि गर्न निषेध गरिएको छ ।