• गृहपृष्ठ
  • गैंडाको खागसहितबाट ललितपुबाटर ३ जना पक्राउ

गैंडाको खागसहितबाट ललितपुबाटर ३ जना पक्राउ

May 17th, 2023

ललितपुर, जेठ ३

ललितपुर महानगरपालिका-४ स्टिलटावर चोक नजिकबाट २ सय ९७ मिलिग्राम तौल भएको गैंडाको खाग(ओखेटोपहार)सहित ३ जना पक्राउ परेका छन् ।

चितवन राप्ती नगरपालिका-५ भवानीपुर घर भई ललितपुर एकान्तकुना बस्ने २८ वर्षीय रोशन घिमिरे, २४ वर्षीय युवराज घिमिरे र धादिङ बेनिघाट रोराङ गाउँपालिका-२ घर भई काठमाडौं नयाँबजार बस्ने २८ वर्षीय वीरेन्द्र तामाङलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । 

उक्त चोक नजिक गैंडाको खाग खरिद बिक्री गर्दै गरेको भन्ने विशेष सूचनाको आधारमा खटिएको प्रहरीले उनीहरूलाई उक्त खागसहित फेला पारी पक्राउ गरेको हो । थप अनुसन्धान तथा कारबाहीको लागि उनीहरूलाई डिभिजन वन कार्यालय गोदावरी ललिपुरमा पठाइएको छ ।