• गृहपृष्ठ
  • बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

May 15th, 2023

काठमाडौं, जेठ १

बैंकिङ कसुर मुद्दामा फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा गजुरा २ रौतहट स्थायी ठेगाना भई हाल भक्तपुर ठिमी बस्ने ३२ वर्षीय उत्तरमान गोले रहेको प्रहरीले जनाएको छ ।

गोलेलाई हिजो (आइतबार) पक्राउ गरेको काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बताएको छ । सम्मानित उच्च अदालत पाटन ललितपुरको २०७१ मंसिर १३ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा चार लाख ६० हजार जरिवाना र २ दिन कैद सजाय तोके पश्चात् फरार गोलेलाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई प्रहरीले हिजो (आइतबार) नै थप अनुसन्धानका लागि सम्मानित जिल्ला अदालत काठमाडौं पठाएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक रविन्द्र रेग्मी बताए ।