• गृहपृष्ठ
  • सिटिजन्स सुपर ३० म्युचुअल फण्ड’ बाँडफाँड

सिटिजन्स सुपर ३० म्युचुअल फण्ड’ बाँडफाँड

May 15th, 2023

काठमाडाैं, जेठ १

सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत संचालन हुने तेस्रो योजना “सिटिजन्स सुपर ३० म्युचुअल फण्ड” को बाँडफाँड प्रक्रिया सम्पन्न भएको छ । 

सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत संचालन हुने तेस्रो योजना “सिटिजन्स सुपर ३० म्युचुअल फण्ड” को २०८० बैशाख ६ गते देखि बैशाख २० गतेसम्म निष्कासन गरिएकोमा कुल रु.७५ करोड आवेदन रकम प्राप्त भएकोमा आज २०८० बैशाख ३१ गते बाँडफाँड प्रक्रिया सम्पन्न भएको हो ।  

योजनाको कोष प्रबर्धक सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड तथा कोष योजना व्यवस्थापक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ ।