• गृहपृष्ठ
  • सूर्यविनायक नगरपालिकाका १२ सहकारी सञ्चालकहरु सम्पर्क बाहिर

सूर्यविनायक नगरपालिकाका १२ सहकारी सञ्चालकहरु सम्पर्क बाहिर

May 12th, 2023

आधारभूमि बैशाख २९, भक्तपुर ।
भक्तपुरको सूर्यविनायक नगरपालिकाका १२ सहकारी सञ्चालकहरु सहकारी सम्पर्क बाहिर रहेका छन् । सञ्चालकहरुले सहकारी ऐन, कानून, नीति नियम, सिद्धान्त विपरित सहकारी सञ्चालकहरुले मनोमानी ढङ्गले घर, जग्गामा लगानी गरी, घर जग्गा व्यापारीलाई १८ देखि २४ प्रतिशत ऋण दिएको र आफूखुशी आफ्ना नातेदार, प्रेमीकाका नाममा ऋण दिइ सञ्चालक आफैंले ऋण अपचलन गरी घर जग्गा, सवारी साधन खरीद गरेका कारण सहकारी समस्या आएको सहकारी विज्ञको धारणा छ ।
त्यस्तै, सूर्यविनायक निवासी रत्न राज सिल्पकार सहित आफ्ना ४ जना सदस्यहरुको २४ लाख रुपैयाँ बचत ग्रामिण उत्थान बहुउद्देश्यीय सहकारी संस्थाले बचत फिर्ता गर्न आलटाल गरेको छ । बचत फिर्ता नगर्नेमा सुमार्ग बचत तथा ऋण सहकारी लि.ले नवराज खड्काको १९,५१,७८४ रुपैया फिर्ता गर्न सकेको छैन । बचत फिर्ता नगर्नेमा ग्रेड गंगा सागर बचत तथा ऋण सहकारी संस्था लि.ले श्याम सुन्दर खराजुको १६ लाख रुपैयाँ दिन नसकी संचालक कार्यालय आएका छैनन् । शुभ बचत तथा ऋण सहकारीले विष्णु कोइरालाको ५ लाख पचास हजार, रमेश अधिकारीको १ लाख ४८ हजार, जनजीविका सहकारीले सुनिता जान्ेछेको ३७ हजार ८ सय बचत फिर्ता पाउन नसकी सूर्यविनायक नगरपालिकामा उजूरी दिएता पनि पैसा पाउनेमा आशावादी छैनन् ।

त्यतिमात्र नभएर सहकारीहरुमा सम्पर्क बाहिर रहेका सहकारी संचालकहरु सूनपा २ को आर्थिक विकास बहुउद्देश्यीय सहकारी संस्था लि., हितैषी सहकारी पनि रहेका छन् । बशन्त बहुउद्देश्यीय सहकारीले भने बचत कर्ताहरुको बचत ठग्ने मनसायले सूर्यविनायक नगरपालिकामा दर्ता गरे पनि नगदेशमा कार्यालय सञ्चालन गरेको पाइएको छ । सम्पर्क बाहिर हुने अन्य सहकारीमा सूमार्ग, डोकाथली, जुगल सहकारीले सदस्यहरुको बचत फिर्ता दिन नसकेका कारण बचत कर्ताहरुले सूर्यविनायक नगरपालिकामा उजूरी दिएका छन् । सहकारीमा बचत फिर्ता माग्ने घुइचोका कारण नगरपालिका कर्मचारी पनि आजित भएका छन् ।