• गृहपृष्ठ
  • सूर्यविनायक नगरपालिकाका १२ सहकारी सञ्चालकहरु वचतकर्ताको रकम हिनामिना गरी फरार

सूर्यविनायक नगरपालिकाका १२ सहकारी सञ्चालकहरु वचतकर्ताको रकम हिनामिना गरी फरार

May 12th, 2023

बैशाख २९, भक्तपुर

 भक्तपुरको सूर्यविनायक नगरपालिकाका १२ सहकारी सञ्चालकहरु सहकारी सम्पर्क बाहिर रहेका छन् ।  सहकारी सञ्चालकहरुले बचतकर्ताको रकम हिनामिना गरी सम्पर्क बाहिर रहेको बताइएको छ । सूर्यविनायक निवासी रत्न राज सिल्पकार सहित आफ्ना ४ जना सदस्यहरुको २४ लाख  रुपैयाँ बचत ग्रामिण उत्थान बहुउद्देश्यीय सहकारी संस्थाले बचत फिर्ता गर्न आलटाल गरेको छ । त्यस्तै  सुमार्ग बचत तथा ऋण सहकारी लि.ले नवराज खड्काको १९,५१,७८४ रुपैया फिर्ता गर्न सकेको छैन । 

ग्रेड गंगा सागर बचत तथा ऋण सहकारी संस्था लि. ले श्याम सुन्दर खराजुको १६ लाख रुपैयाँ दिन नसकी संचालक कार्यालय आएका छैनन् । त्यस्तै शुभ बचत तथा ऋण सहकारीले विष्णु कोइरालाको ५ लाख पचास हजार, रमेश अधिकारीको १ लाख ४८ हजार, जनजीविका सहकारीले सुनिता जान्ेछेको ३७ हजार ८ सय बचत फिर्ता दिएको छैन ।

सहकारीहरुमा सम्पर्क बाहिर रहेका सहकारी संचालकहरु सूनपा २ को आर्थिक विकास बहुउद्देश्यीय सहकारी संस्था लि., हितैषी सहकारी पनि रहेका छन् । बशन्त बहुउद्देश्यीय सहकारीले भने बचत कर्ताहरुको बचत ठग्ने मनसायले सूर्यविनायक नगरपालिकामा दर्ता गरे पनिaनगदेशमा कार्यालय सञ्चालन गरेको पाइएको छ । सम्पर्क बाहिर हुने अन्य सहकारीमा सूमार्ग, डोकाथली, जुगल सहकारीले सदस्यहरुको बचत फिर्ता दिन नसकेका कारण बचत कर्ताहरुले सूर्यविनायक नगरपालिकामा उजूरी दिएका छन् । सहकारीमा बचत फिर्ता माग्ने घुइचोका कारण नगरपालिका कर्मचारी पनि आजित भएका छन् ।

सञ्चालकहरुले सहकारी ऐन, कानून, नीति नियम, सिद्धान्त विपरित सहकारी सञ्चालकहरुले मनोमानी ढङ्गले घर, जग्गामा लगानी गरी, घर जग्गा व्यापारीलाई १८ देखि २४ प्रतिशत ऋण दिएको र आफूखुशी आफ्ना नातेदार, प्रेमीकाका नाममा ऋण दिइ सञ्चालक आफैंले ऋण अपचलन गरी घर जग्गा, सवारी साधन खरीद गरेका कारण सहकारी समस्या आएको सहकारी विज्ञहरु वताउँछन् ।