किन किन यो मन……………..

May 10th, 2023

किन किन यो मन मेरो दुख्ने गर्छ
बिछोडको बेला सम्झनामा छाती जल्छ
गर्न त  मैले आफ्नो काम गर्ने हो
यो मेरो मन किन उदास भएको हो
 
किन तिमि आएर बोलाउँदा म रिसाउँछु
उराठिलो भाका फेर्दै न्याउली बोल्दा म झस्केछु
रिसाएकी तिमिलाई फकाउन मलाई गाह्रो  भएछ
आशु झर्दा  विगतको झझल्को आएछ
 
किन किन यो मन मेरो दुख्ने गर्छ
सम्झनामा बिछोडको छाती जल्छ
यो समय म उनको साथ खोज्नेछु
निदरीमा सपनि देख्दा  उनलाई खोजेछु
 
बिहानी पख उठी हेर्दा भेटिन उनलाई
खोजिरहेछु भेटिने दिन गन्दै उनिलाई

नाम -गोबिन्द राज ओझा (राजन)
ठेगाना-दिपायल सिलगढी न.पा.२ दिपायल डोटी