कक्षा १२ को परीक्षा आजबाट शुरु

May 9th, 2023

काठमाडौं, बैशाख २६

कक्षा १२ को परीक्षा आज मंगलबारबाट शुरू हुँदै छ । परीक्षामा तीन विषयमा नन ग्रेड (एनजी) ल्याएका समेत गरी ४ लाख ६७ हजार ३ सय ८९ परीक्षार्थी सहभागी हुँदैछन् । गत वर्षको भन्दा यो वर्ष करिब ७१ हजार परीक्षार्थी थपिएका छन् ।

परीक्षामा १ हजार ४ सय ५७ केन्द्र कायम गरिएको छ । १७ हजार ४ सय ७२ जना सुरक्षाकर्मी र केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, सहायक निरीक्षक, सहयोगी र अन्य कर्मचारीसमेत गरी ३१ हजार जनशक्ति परिचालन हुनेछन् । सुरक्षाकर्मीसहित करिब ५० हजार जनशक्ति परिचालन हुने परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले परीक्षा शुरू हुनु आधा घण्टा अघि मात्र इमेलबाट प्रश्नपत्र पु¥याउने व्यवस्था भएको जानकारी दिए । 

परीक्षामा नियमविपरीत कार्य गर्ने विद्यार्थीमाथि १ वर्षसम्म परीक्षा रद्ध र १ लाख रुपियाँसम्म जरिवानाको व्यवस्था गरेको छ ।